२०८२ वैशाख १८ गते बिहिवार / May 01 , 2025 , Thursday
२०८२ वैशाख १८ गते बिहिवार
Ads

भारत मध्यप्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

मध्यान्ह
२०८२ वैशाख १६ गते १०:४८
भारत मध्यप्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

काठमाडौँ : भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटना हुँदा पीडितहरू मन्दिरतिर जाँदै थिए । गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि चालकले नियन्त्रण गुमाएपछि नजिकैको इनारमा खसेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई २ लाख भारतीय रुपैयाँ  राहत दिने घोषणा गरेका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर