काठमाडौं : बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘बजाज ग्रान्ड कार्निभल’ योजना सुरु गरेको छ । काठमाडौं भृकुटीमण्डपमा २० भन्दा बढी भ्यालुयटर्सबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसेरिज सुविधासहित कम्पनीले मंगलबारबाट कार्निभल सुरु गरेको हो ।
कार्निभलमा यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया जस्तै, घरजग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेटलगायत विभिन्न कागजात आवश्यकतालाई यो योजनाले सरल बनाउने कम्पनीको दाबी छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले एक घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत् यो सुविधा पाउन सक्ने कम्पनीले जनाएको छ । साथै, बजाज ग्रान्ड कार्निभलमा गेम जोन, टेस्ट राइड पनि रहेको छ ।
यस योजनाअन्तर्गत ग्राहकले आफ्ना पुराना बाइकहरूको उच्चतम मूल्यांकन प्राप्त गरेर बजाजका आकर्षक नयाँ मोडेलहरू लैजाने सुविधा रहेको कम्पनीले जनाएको छ । कार्निभल २१ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।