२०८२ वैशाख १७ गते बुधवार / Apr 30 , 2025 , Wednesday
२०८२ वैशाख १७ गते बुधवार
Ads

२१ दिनका लागि बजारबाट ५० अर्ब खिच्न सुरु

मध्यान्ह
२०८२ वैशाख १७ गते १३:४४
२१ दिनका लागि बजारबाट ५० अर्ब खिच्न सुरु

काठमाडौंः नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब खिच्न सुरु गरेको छ । २१ दिनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको माध्यमबाट तरलता व्यवस्थापनका लागि बजारबाट निक्षेप उठाउन सुरु गरेको हो । 

निक्षेप संकलन खरिदका लागि आज बिहानदेखि दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सिस्टम सुरु भइसकेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बोलकबोलमा सहभागि हुन आह्वान गरिसकेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । 

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर