काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
उनी म्यादीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद् हुन् । गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुन् ।
यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए ।