२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सिद्धार्थ बैंकको सहयोगमा विद्यालयको पुनर्निर्माण

Nada
२०८२ वैशाख १७ गते २१:३३
Shares
सिद्धार्थ बैंकको सहयोगमा विद्यालयको पुनर्निर्माण

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले सानीभेरी गाउँपालिका–१, रुकुम पश्चिम स्थित श्री जनप्रिय आधारभुत विद्यालयको भवन पुनर्निर्माणको शिलान्यास कार्यक्रम गरेको छ । २०८० साल कात्तिक १७ गते गएको भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई वटा भवन मध्ये एक भवनको पुनर्निर्माण कार्य बैंकको सहयोगद्वारा हुन लागेको हो । कुल एक सय ७५ जना विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा बाल कक्षादेखि कक्षा ८ सम्मको पठनपाठन सञ्चालन भइरहेको छ ।

ncell

शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिका, रुकुम पश्चिमका अध्यक्ष विर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, सोहि गाउँपालिका–वडा नं.१ का वडा अध्यक्ष टेकबहादुर पुन, कार्यपालिका सदस्य सेते कामी, अभिभावक संघको अध्यक्ष तुताराम खड्का, जनप्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक लाले राना मगर, सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक ओपेन्द्र विष्ट लगायत अन्य शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर