२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

भारतले थप ६ सय मेगावाट विद्युत् दिने

shivam cement
२०८२ वैशाख १८ गते १६:०६
भारतले थप ६ सय मेगावाट विद्युत् दिने

काठमाडौं : भारतले नेपाललाई ६ सय मेगावाट थप विद्युत् दिने भएको छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुुसार बिहान २ बजेदेखि साँझ ५ बजेसम्म १५ घन्टाका लागि भारतले थप विद्युत् दिने भएको हो । यसअघि १५ मार्चदेखि भारतले सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म् मा मात्र बिजुली आपूर्ति गर्दै आएको थियो ।

थप गरिएको बिद्युत् ढल्केवर–मुज्जफपुर प्रसारणलाइनबाट आयात हुने छ । ‘बिहीबार भारतले स्वीकृत दिएकोले राति १२ बजेबाट थपिएको बिद्युत् आयात हुनेछ’, कार्यकारी निर्देशक शाक्यले भने ।

सुख्खायाममा नदीमा पानीको बहाब घटी देशभित्रका नदी प्रवाह जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो छ । त्यसैले भारतबाट विद्युत् आयात गर्नु परेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणको तथ्यांकअनुसार हाल विद्युत्को आन्तरिक उत्पादन औसत करिब ११ सय ७५ मेगावाट छ भने विद्युतको उच्च माग २ हजार ७७ मेगावाट छ । विद्युतको उच्च मागको समयमा विद्युत् उत्पादन १५ सय ९३ मेगावाट हुने गरेको छ । 

आन्तरिक उत्पादनले नपुगेको बिजुली भारतबाट आयात गरिँदै छ । नेपालले भारतबाट पावर एक्सचेन्ज कमिटि (पीइसी)मार्फत् बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म १३२ केभी लाइनमार्फत अधिकतमा ३५० मेगावाट विद्युत आपूर्ति गर्ने अनुमति पाएको हो । 

हाल बिहान २ बजेदेखि ६ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म ५० मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेको छ । भारतमा आइपीएल खेल जारी रहँदा माग बढेकाले इन्डियन एक्सचेन्ज मार्केट (आइइएक्स)को दररेट पीइसीको दररेट भन्दा बढी भएकाले विहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दा समेत विद्युत् प्राप्त हुन नसकेको प्राधिकरणले जनाएको छ ।
 

ADV

सम्बन्धित खबर