डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा बौद्धिक अपाङ्गता भएकी बालिकामाथि शिक्षकले नै जबरजस्ती करणी (बलात्कार) प्रयास गरेको घटना बाहिरिएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार गन्यापधुरा गाउँपालिका–४ जैसेरास्थित भुवनेश्वरी माध्यमिक विद्यालयका शिक्षकले बौद्धिक अपाङ्गता भएकी १० वर्षीया बालिकालाई शिक्षकले बलात्कार प्रयास गरेका हुन् । डोटी घर भइ भुवनेश्वरी माविको बौद्धिक अपाङ्गता स्रोत कक्षामा अध्ययनरत बालिकामाथि स्रोत कक्षाकै शिक्षक देवीलाल भट्टले बलात्कार गरेका हुन् ।
प्रहरीका अनुसार स्रोत कक्षाको छात्राबासमा एक्लै भएको मौकामा शिक्षक भट्टले बालिकामाथि बलात्कार प्रयास गरेका थिए । स्रोत कक्षा र विद्यालयमा अरु विद्यार्थीले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । विद्यार्थीहरुको सूचनाकै आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शिक्षक भट्टलाई शनिबार बेलुकी विद्यालयबाटै पक्राउ गरेको थियो ।
पक्राउ परेका शिक्षक र पीडित बालिका दुवैलाई प्रहरीले सदरमुकाम डडेल्धुरा (अमरगढी) ल्याएको थियो । शिक्षकले यातना समेत दिएको हुनसक्ने आशंकाका कारण पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि सदरमुकाम ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका शिक्षकमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । शिक्षक भट्टमाथि जबर्जस्ती करण उद्योग मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत डडेल्धुराले सात दिनको म्याद थप गरेको प्रहरीले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies