वीरगन्ज : आजाद मदरसा तालिमुल कुरान पोखरीयाको आयोजनामा दुई दिने पहला दोरोजा इज्लास एत्तम इस्लाह एमोआशरा व दस्तारवन्दी अराकिने जल्सा आयोजना गरेको छ ।
पोखरिया नगरपालिका ४ मा आयोजित जल्सामा नेपाल तथा भारतका प्रख्यात आलिम र चतूर्वेदी बोलमाहरुको सहभागीता रहेको छ । जल्सामा कुरान तथा चार वटै बेदको बारेमा जानकारी गराइनेछ ।
जल्साको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले उद्घाटन गरेका थिए ।
कार्यक्रमको विशिष्ट अतिथि वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तिया जालमले सबै जातजातिहरु मिलेर बस्नुपर्ने बताए ।
कार्यक्रमका पूर्व सांसद हरिनारायण रौनियार, नगरप्रमुख प्रधुमन प्रसाद चौहान, उपमेयर रुवि कुमारी ठाकुर, पूर्वमेयर दिपनारायण रौनियार, निजामोदिन समानी, पूर्वसांसद रामेशवर रौनियार लगायतको उपस्थिति रहेको थियो ।