२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

‘टिपर’ दुर्घटनामा चालकको मृत्यु

Nada
२०८२ वैशाख २८ गते ०८:१०
Shares
‘टिपर’ दुर्घटनामा चालकको मृत्यु

काभ्रेपलाञ्चोक : मण्डनदेउपुर नगरपालिका-७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

ncell

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लोड गरी पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको टिपर उकालोमा ब्याक भई अनियन्त्रित हुँदा टिपर करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्य गढी गाउँपालिका-७ का ४७ वर्षीय लव कुश अधिकारीको मृत्यु भएको हो ।

यसअघि गत चैत ३१ गते मण्डनदेउपुर-२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र बालुवा अनलोड गर्न टिपर ब्याक गर्ने क्रममा बा२क ३४६४ नम्बरको टिपर डिलबाट सात मिटर तल खसेर दुर्घटना हुँदा ३१ वर्षीय चालक विनोद घोरासैनीको च्यापिएर मृत्यु भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर