२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

shivam cement
२०८२ वैशाख ३० गते ०८:१८
Shares
दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

काठमाडौँ : दक्षिण अफ्रिकाका श्वेत अल्पसंख्यक समूहलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीको मान्यता दिने घोषणापछि पहिलो चरणमा ५९ जना दक्षिणी अफ्रिकीहरू अमेरिका पुगेका छन् ।

घोषणापछि दक्षिण अफ्रिकाका श्वेत अल्पसंख्यक समूह अफ्रिकाका ५९ जना अमेरिका पुगेका हुन् । दक्षिण अफ्रिकामा अश्वेतको शासनले श्वेतहरू अन्यायमा परेको र उनीहरूमाथि रंगभेद भएको बताउँदै राष्ट्रपति ट्रम्पले अमेरिका आउन चाहे उनीहरूलाई स्वागत गर्ने घोषणा गरेका थिए।

तर दक्षिण अफ्रिकी सरकारले भने उनीहरू माथि कुनै उत्पीडन नभएको बताउँदै उनीहरूलाई शरणार्थी मान्नु उपयुक्त नहुने प्रतिक्रिया दिएको छ ।

यता, ट्रम्प प्रशासनले अन्य सबै शरणार्थीको भर्ना प्रक्रिया रोकेको छ । जसमा युद्धग्रस्त क्षेत्रका हजारौँ अफगानी र अफ्रिकी आवेदकहरू पनि परेका छन् । मानव अधिकारसम्बन्धी संस्था ह्युमन राइट्स वाचले यस निर्णयलाई क्रूर र जातीय रूपमा पक्षपाती कदम भएको बताएको छ ।

साना बालबालिकासहित हिजो वासिङ्टन डिसी नजिकको डुलेस विमानस्थलमा उत्रिएका श्वेत दक्षिण अफ्रिकी शरणार्थीहरूलाई अमेरिकी अधिकारीहरूले स्वागत गरेका छन् ।

सम्बन्धित खबर