काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विद्यार्थीलाई झोला वितरण गरेको छ । कम्पनीले बाजुरा जिल्लाको बजेडी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरूका लागि शैक्षिक सामग्री राख्ने झोला वितरण गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा १४७ थान झोला विद्यालयका विद्यार्थीहरूलाई हस्तान्तरण गरेका थिए । हाल सो विद्यालयमा प्रारम्भिक कक्षा देखि ८ सम्म १४७ विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि विभिन्न गतिविधिहरूमार्फत् शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको छ । यस्ता प्रयासहरूमार्फत् संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ ।