बिकाश काफ्ले/मध्यान्ह
पाल्पा : नेपाली गीत संगीतमा निकै लामो समयदेखि आफुलाई स्थापित बनाउन सफल लोकप्रिय गायक एवं सर्जक प्रेम लामिछाने मगरको साथमा प्रतिभा मगरको 'गयो जोवान' बोलको गीत सार्वजनिक भएको छ ।
लोक दुनियाको साथी लामिछानेको लय तथा शब्दमा रहेको उक्त गीत डिजिटल बजारमा सार्वजनिक भएको हो । गीतमा प्रतिभा मगर र उनै सर्जक एवं गायक लामिछानेको आवाज रहेको छ ।
धिताल्स फिल्म्सले निर्माण गरेको म्युजिक भिडियोलाई प्रेम कार्कीले निर्देशन गरेका हुन् । गायक लामिछाने र पार्वतीको अभिनय रहेको भिडियो दीपक परियारले छायांकन गरेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन् ।
गायक लामिछानेको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतले दर्शक स्रोताको मन जित्न सफल हुने गायक लामिछानेले मध्यान्हसँगको कुराकानीमा बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies