
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले एक-दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
तर प्रधानमन्त्री शाहले स्टाटसमा कुनै पनि प्रसंग उल्लेख गरेका छैनन् ।
उनले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।’
प्रधानमन्त्रीको स्टाटसमा उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले पनि कमेन्ट गरेका छन् ।
