२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

चन्द्रागिरि हिल्स लिमिटेड ट्रेड युनियन निर्वाचनमा हिक्मत रावल विजयी

मध्यान्ह
२०८२ जेठ १ गते ०९:५५
चन्द्रागिरि हिल्स लिमिटेड ट्रेड युनियन निर्वाचनमा हिक्मत रावल विजयी

काठमाडौं : चन्द्रागिरि हिल्स लिमिटेड ट्रेड युनियनको अध्यक्षमा हिक्मत रावल निर्वाचित भएका छन् । 

हालै सम्पन्न भएको निर्वाचनमा नेपाल एकीकृत होटल व्यवसायी तथा रेस्टुरेन्ट मजदुर युनियनका रावल ७३ मतसहित विजयी भएका हुन् ।

निर्वाचनमा ३ वटा ट्रेड युनियनले प्रतिस्पर्धा गरेका थिए । अखिल नेपाल होटल व्यवसायी तथा रेस्टुरेन्ट मजदुर संघले ३० मत र नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघले ३३ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत विवेक यादवका अनुसार कुल १४० मतदातामध्ये १३६ जनाले मतदान गरेका थिए ।

नेपाल एकीकृत होटल व्यवसायी तथा रेस्टुरेन्ट मजदुर यूनियन नेकपा एकीकृत समाजबादी आवद्ध मजदुर संगठन हो ।  नव निर्वाचित पदाधिकारी र सदस्यहरूलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले  शुभकामना दिएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर