२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८२ जेठ १ गते १२:३७
Shares
टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध ३ अर्ब २१ करोड बढी बिगो माग दाबीसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ncell

नेपाल दुरसञ्चार प्राधिकरणमार्फत खरिद गरिएको सो प्रणालीमा तीन अर्ब २१ करोड भ्रष्टाचार भएको अख्तियारको दाबी छ । बस्नेत सञ्चारमन्त्री भएको अवस्थामा खरिदको काम भएको हो। बस्नेत नेपाली कांग्रेसका सांसद हुन् । 

पूर्वमन्त्री मोहन बस्नेतसहित दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, प्राधिकरणकै तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दिपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हरिण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सन्जीव अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनीहरुले बजेटमा उल्लेख नभएको कार्यक्रम थप गरी, सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै, वैधानिक प्रक्रिया विपरीत उपकरण खरिद गर्ने र सेवा अनुबंध गर्ने कार्यमार्फत प्राधिकरणलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको अख्तियारले दाबी गरेको छ ।

आयोगले दायर गरेको आरोपपत्रमा प्रतिवादीहरूमाथि ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो कायम गर्दै सोही रकम असुल उपर गर्न माग गरिएको छ। साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार जेल सजाय र जरिवाना माग गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर