२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

गर्भवतीको हेलिकोप्टरमा उद्धार

shivam cement
मध्यान्ह
२०८२ जेठ १ गते १६:४४
गर्भवतीको हेलिकोप्टरमा उद्धार

कालिकोट : दुई दिनदेखिको प्रसुति व्यथाले छटपटाएकी तिलागुफा–१०  रानावाडाकी २२ वर्षीया सन्तकला भण्डारी रोकायालाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । 

भण्डारीलाई बुधबार व्यथा लागेर  स्थानीय चिल्खाया आधारभूत स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । तर बिहीवार बिहानसम्म पनि सुत्केरी हुन नसकेपछि हेलिकोप्टरमा सुर्खेत लगिएको हो । 

कालिकोट जिल्ला प्रशासनको सिफारिसमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उत्थान इकाइको सहयोगमा प्रसुति व्यथाले थलिएकी महिलाको उद्धार गरिएको नगर प्रमुख शंकर प्रसाद उपाध्यायले बताए । 

सुत्केरी व्यथाले गाउँमा महिला छट्पटाएको खबर आएपछि स्थानीय स्वास्थ्य चौकी र जिल्ला प्रशासनलाई पत्र लेखेर हेलिकोप्टर झिकाइएको उप प्रमुख महेन्द्रबहादुर शाहीले बताए । उनले हेलिकोप्टर चिल्खाया पुगेर गर्भवती महिलाको उद्धार भएको बताए ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise