२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

माओवादीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ आजदेखि

shivam cement
मध्यान्ह
२०८२ जेठ २ गते ०८:४१
माओवादीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ आजदेखि

काठमाडौँ : नेकपा माओवादी केन्द्रले आजदेखि ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’सुरु गर्दैछ । 

बैतडीको पाटनबाट अभियानको थालनी हुनेछ । अभियानको उद्घाटन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेछन् । विशेष गरेर यो अभियानमा नागरिकसँग संवादमा जोड दिने, स्थानीय समस्याहरू सुन्ने माओवादी केन्द्रले जनाएको छ ।

कूल एक हजार ७६७ किलोमिटर यो राजमार्गकेन्द्रित अभियान जेठ महिनाभरमा पूरा गर्ने माओवादी केन्द्रले जनाएको छ । यसअघि माओवादी केन्द्रले दक्षिणी तराईको हुलाकी राजमार्गकेन्द्रित अभियान गरेको थियो ।

मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले एक/एक ठाउँमा जनसभा राख्नेछन् । प्रत्येक जिल्ला समन्वय समितिले एक–एक स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्ने माओवादी केन्द्रले जनाएको छ ।

बैतडीबाट सुरु भएको अभियान आजै डोटीको दिपायल पुगेर जनसंवादमा परिणत हुने माओवादीले जनाएको छ ।

यस्तै, जेठ ३ गते अछामको मंगलसेन जनसंवाद हुनेछ । जेठ ४ गते दैलेख सदरमुकाम दुल्लुमा जनसभा हुनेछ भने ५ गते जाजरकोट खलगांमा जनसंवाद तय भएको माओवादीले जनाएको छ ।

यस्तै, जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद हुनेछ भने जेठ ७ गते पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थवाङमा जनसभा हुने माओवादी केन्द्रले जनाएको छ । जेठ ८ गते बागलुङमा जनसंवाद हुने र जेठ ९ गते पर्वतको कुश्मामा जनसंवादको कार्यक्रम तय भएको छ । जेठ १० गते अभियान पोखरा आइपुग्नेछ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise