२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

माझफाँट–लेकफाँट सडक कालोपत्र

Nada
२०८२ जेठ २ गते ०९:१३
Shares
माझफाँट–लेकफाँट सडक कालोपत्र

म्याग्दी : जिल्लाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक योजनाको माझफाँट–लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर कालोपत्र भएको छ ।  

ncell

सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका–३ माझफाँटको भुरतुलादेखि वडा नं ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्र भएको हो ।

दुई लेनको  यो सडकको एक किलोमिटर ४०० मिटर ढलान भएको छ । ट्र्याक खुलेको १५ वर्षपछि सडक कालोपत्र र ढलान गरिएको हो ।  जलजला गाउँपालिकाले पनि बेनीदेखि भुरतुलासम्मको दुई किलोमिटर सडक स्तरोन्नति गरेको छ । 
 

ताजा खबर

सम्बन्धित खबर