२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

मध्यान्ह
२०८२ जेठ २ गते १२:०२
संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

काठमाडौं : संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार सिंहदरबारमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट विधेयक पारित भएको हो ।

समितिका सभापति रामहरि खतिवडाले उक्त विधेयक परिमार्जनसहित सर्वसम्मत पारित भएको बताए । उनले धेरै समय पछाडी उक्त महत्वपूर्ण विधेयक पारित पर्न सफल भएको जिकिर गरे । उनले विधेयक पारित गर्न महत्वपूर्ण सहयोग पुर्‍याउने सम्पूर्णमा धन्यवाद समेत ज्ञापन गरे ।

उनले भने, “संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन परिमार्जनसहित सर्वसम्मत पारित भएको छ । सबैलाई धेरैधेरै धन्यवाद छ । यो धेरै महत्वपूर्ण विधेयक थियो हामीले धेरै समय पछी पारित गर्न सफल भएका छौं ।” 

विधेयकमा कुलिङ पिरियड दुई वर्ष र निजामती कर्मचारीको अवकाशको उमेर हद ५८ बाट ६० वर्ष पुर्‍याइएको छ । निजामती कर्मचारीका अतिरिक्त सचिव राख्ने लगायतका विषयमा पनि सहमति जुटेको छ । अर्को सूचना जारी नहुन्जेल समितिको बैठक स्थगित भएको छ ।

ADV

सम्बन्धित खबर