२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

तेस्रो एनडिसी कोप-२९ का अध्यक्ष बाबायेभलाई हस्तान्तरण

Nada
२०८२ जेठ २ गते १२:३४
Shares
तेस्रो एनडिसी कोप-२९ का अध्यक्ष बाबायेभलाई हस्तान्तरण

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह गर्न तेस्रो राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी) अजरबैजान गणराज्यको राष्ट्रपतिका प्रतिनिधि तथा २९औं जलवायु शिखर सम्मेलनका अध्यक्ष मुख्तार बाबायेभलाई हस्तान्तरण गरेका छन् ।

ncell

बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले तेस्रो एनडिसीको औपचारिक अनावरण र बाबायेभलाई हस्तान्तरण गरेका हुन् ।

वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्टंघीय खाका (युएनएफसिसिसी) का पक्ष मुलुकहरुको २१औं जलवायु शिखर सम्मेलन (कोप–२१) अन्तर्गत पेरिस सम्झौतामा आधारित भई तयार गरेको तेस्रो एनडिसीको मस्यौदा बुधबार बसेको मन्त्रिपरिषद्ले बैठकले स्वीकृत गरेको थियो ।

पेरिस सम्झौतामा निर्धारित लक्ष्यअनुसार, सबैपक्ष राष्ट्रहरूले पाँच वर्षको अन्तरालमा आफ्नो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) पेस गर्नुपर्ने प्रावधानअनुसार नेपालले एनडिसी तयार गरेको हो । 

नेपालले सन् २०१६ र २०२० मा पहिलो र दोस्रो एनडिसी प्रस्तुत गरेको थियो । अब भने सन् २०२५ सम्म नेपालले तेस्रो एनडिसी पेस गर्ने लक्ष्यसहित तेस्रो राष्ट्रिय निर्धारित योगदान स्वीकृत गरेको हो । २१औँ कोपको पेरिस सम्झौताले विश्वको औसत तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने र २ डिग्री सेल्सियसभन्दा बढ्न नदिने लक्ष्य राखेको छ । यी लक्ष्यहरू प्राप्त गर्न पेरिस सम्झौताका पक्षराष्ट्रले प्रत्येक पाँच वर्षमा राष्ट्रिय निर्धारित योगदान पेस गर्नुपर्छ । 

नेपालले सन् २०३५ सम्मको अवधि कभर गर्नेगरी मस्यौदा तयार गरेको हो । जलवायु न्यूनीकरण, अनुकूलन, तथा वित्तीय व्यवस्थापनको विस्तृत खाकासहित सन् यसमा २०३५ सम्मको दिगो विकास लक्ष्य, घरेलु तथा अन्तरराष्ट्रिय वित्तीय स्रोतको परिचालन, तथा स्थानीय तहसम्म जलवायु कार्यान्वयनको योजना समेटेर तेस्रो एनडिसीको मस्यौदा तयार भएको छ ।

ताजा खबर

सम्बन्धित खबर