२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

हिमालहरुको हेरचाहबाट नै मानवताको भविष्य निर्भर छ : वनमन्त्री ठकुरी

मध्यान्ह
२०८२ जेठ २ गते १२:४८
हिमालहरुको हेरचाहबाट नै मानवताको भविष्य निर्भर छ : वनमन्त्री ठकुरी

काठमाडौं : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरुको हेरचाहबाट नै मानवताको भविष्य निर्भर हुने बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले कठिन चुनौतीका बाबजुद पनि नेपाल आफ्नो जलवायु नेतृत्वमा दृढ रहेको उल्लेख गरे ।

उनले हिममण्डल पृथ्वीको पूर्व चेतावनी प्रणाली भएको उल्लेख गर्दै हिमालमा जति हिउँ पग्लिन्छ त्यसले नै सम्पूर्ण मानवताको भविष्य निर्धारण गर्ने बताए । हिमनदीहरूको संरक्षण गर्ने तथा विश्वव्यापी तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने कार्य छनोटको विषय नभइ अनिवार्यताको विषय भएको उनले बताए ।

जलवायु परिवर्तन केबल प्राविधिक चुनौती मात्र नभइ गहन नैतिक परीक्षा भएको उनले बताए । ढिलासुस्तीले विपत्तिलाई मात्र निम्तो दिने भन्दै वनमन्त्री ठकुरीले संरक्षण गर्न चाहेका भव्य हिमालहरू जस्तै संकल्पका साथ यस निर्णायक घडीमा उभिने समय भएको बतए ।

मन्त्री ठकुरीले हिमालहरूको रक्षा गरेर पृथ्वीको प्राकृतिक धरोहरहरूको मात्र नभइ सोको आत्मा र भावी पुस्ताहरूको आशाको पनि रक्षा गर्न सकिने बताए ।

ADV

सम्बन्धित खबर