२०८२ जेठ ८ गते बिहिवार / May 22 , 2025 , Thursday
२०८२ जेठ ८ गते बिहिवार
Ads

हेटौंडामा ई–स्पोर्ट्स नेशनल गोल्डकप हुने

G Motors
राजकुमार के.सी.
२०८२ जेठ ७ गते २०:४४
हेटौंडामा ई–स्पोर्ट्स नेशनल गोल्डकप हुने

मकवानपुर : मकवानपुरबाट संचालित टेलिभिजन नेशनल गोल्डको आयोजनामा बिहीबारबाट मकवानपुरमै पहिलो पटक सर्वाधिक राशिको ई–स्पोर्ट्स नेशनल गोल्डकप फ्रिफायर प्रतियोगिता आयोजना हुने भएको छ ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम संयोजक उत्सर्ग चौलागाईंले  ई–स्पोर्ट्स प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएका छन् । शारीरिक मात्र नभई मानिसक र प्राविधिक खेललाई प्रोत्साहन गर्ने, युवालाई सकारात्मकतर्फ लैजाने मूल उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक चौलागाईंले बताए ।

संयोजक चौलागाईंका अनुसार एक पटकको पूरा नक्सावाल म्याचमा १२ वटा टिमका ४८ जना खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई पुरस्कार दिनका लागि कूल एक लाख रुपैयाँ छुट्याइएको छ । प्रतियोगिताको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेल हेटौंडामा रहेको हिमालयन दरबार पार्टी प्यालेसमा हुनेछ । प्रतियोगितामा हुने विभिन्न ह्याकिङका कुरालाई मध्यनजर गरेर गरेनाको अफिसियल कस्टम रुमको प्रयोग गरिने उनले बताए । 

प्रतियोगितामा १ हजार टोलीको सहभागिता रहने उनले बताए । ई–स्पोर्ट्स प्रतियोगिता अन्तर्गत फ्रिपायरमा १ जना व्याकप खेलाडीसहित ५ जना र १ जना कोचको सहभागिता रहने छ । अनलाइनमार्फत हुने खेलमा देशभरबाट १६ वर्ष उमेर समूह पूरा भएका खेलाडीहरुको सहभागिता रहने छ ।

पत्रकार सम्मेलनमा टेलिभिजनाका अध्यक्ष उज्जवल चौलागाईंले अहिलेको सूचना प्रविधिमा आधारित युवापुस्तामाझ लोकप्रिय खेल पहिलो पटक आयोजना गर्न लागिएको बताए । प्रतियोगितामा सहभागिताका लागि ३ दिनमै १ हजार टिमले अनलाइन आवेदन दिएका थिए ।

प्रतियोगिताका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट सोसिएल एन्ड साइनस मुख्य प्रायोजकको रुपमा रहने छ भने प्रदेश खेलकुद विकास परिषद्, बागमतीको पनि सहकार्य रहने छ । प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुने आयोजकले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise