२०८२ जेठ १० गते शनिवार / May 24 , 2025 , Saturday
२०८२ जेठ १० गते शनिवार
Ads

यू–१२ टेनिस टोली श्रीलंका प्रस्थान

मध्यान्ह
२०८२ जेठ १० गते १८:३९
यू–१२ टेनिस टोली श्रीलंका प्रस्थान

काठमाडौं : आईटीएफ एसिया यू–१२ टिम च्याम्पियनसिप (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली शनिबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ ।

पुरुषमा विश्व विशेष डल्लाकोटी, अर्यासराज पौडेल र आरित मल्ल तथा महिलामा सरा पन्त र थिअ श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य छन् ।

मे २६ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, भुटान, बंगलादेश र पाकिस्तान सहभागी हुने छन् । टिममा सहभागी राष्ट्रले २ सिंगल्स र १ डबल्स खेल्नु पर्नेछ ।

पुरुष/महिला दुवैमा शीर्ष २ स्थानमा रहने राष्ट्रले काजाकिस्तानमा सेप्टेम्बरमा हुने फाइनल चरणको प्रतियोगितामा सहभागिताको अवसर पाउने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले बताए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुललगायतले शुक्रबार एक कार्यक्रमबीच विदाइ गरे ।


 

ADV

सम्बन्धित खबर