२०८२ जेठ १४ गते बुधवार / May 28 , 2025 , Wednesday
२०८२ जेठ १४ गते बुधवार
Ads

रौतहटमा साइबर सुरक्षा र एआईसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सागर संगम ठाकुर
२०८२ जेठ १३ गते १३:५८
रौतहटमा साइबर सुरक्षा र एआईसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

रौतहट : रौतहटमा पत्रकारहरूलाई लक्षित गर्दै एकदिने साइबर सुरक्षा तथा कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । चन्द्रनिगाहपुरस्थित होटल आरोहीमा सोमबार पत्रकारहरूलाई लक्षित गर्दै एकदिने साइबर सुरक्षा तथा एआईसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाको समन्वय तथा आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रमको उद्घाटन चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफ्लेले गरेका थिए ।

कार्यक्रममा एआई विषयमा गहिरो अध्ययन र अभ्यास गर्दै आएका जीवन भण्डारीले ‘कृत्रिम बुद्धिमत्ता: प्रयोग, प्रभाव र सम्भावना’ विषयमा प्रस्तुति दिएका थिए । त्यस्तै, पत्रकार प्रकाश मैनालीले डिजिटल सञ्चार माध्यमका अवसर र चुनौतीबारे जानकारीमूलक सत्र सञ्चालन गरेका थिए ।

उद्घाटन समारोहमा प्रमुख अतिथि काफ्लेले पत्रकारितालाई सामाजिक परिवर्तनको संवाहक बताउँदै पत्रकारले लुकेका यथार्थ उजागर गर्दै समाजलाई नयाँ दिशा दिने काम गर्ने बताए ।

नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले अभिमुखीकरण कार्यक्रमले पत्रकारहरूलाई प्रविधिमैत्री र उत्तरदायी बनाउन सहयोग गर्ने बताए । पूर्व केन्द्रीय सदस्य शिवपुरीले यस्ता कार्यक्रमबाट पत्रकारले प्रविधिको चुनौती र सम्भावनाबारे जान्ने मौका पाउने उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाकी उपाध्यक्ष विना राउत श्रीवास्तवले प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा नयाँ पुस्ताको अग्रसरता उल्लेखनीय रहेको बताउँदै भनिन्, “नयाँ पुस्ताका पत्रकारहरूले प्रविधिको प्रयोगमार्फत समाचार संकलन, सम्प्रेषण र विश्लेषणमा नयाँ आयाम थपिरहेका छन् ।” उनले एआईसम्बन्धी आधारभूत ज्ञान सबै पत्रकारका लागि आवश्यक रहेकोमा जोड दिइन् ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खडकाले मोफसलमा कार्यरत पत्रकारहरूलाई साइबर सुरक्षा र एआईसम्बन्धी जोखिमप्रति सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । साथै, प्रदेशका आठै जिल्लामा यस्ता कार्यक्रमहरू विस्तार गरिने जानकारी पनि दिए ।

प्रमुख प्रशासकीय अधिकृत प्रशन्नराज कर्णले कार्यक्रमले पत्रकारलाई दीर्घकालीन रूपमा लाभ पुर्‍याउने विश्वास व्यक्त गर्दै सबैको सक्रिय सहभागिताप्रति धन्यवाद प्रकट गरे ।

कार्यक्रम अध्यक्ष जितेन्द्र खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले गरेका थिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर