२०८२ जेठ १६ गते शुक्रवार / May 30 , 2025 , Friday
२०८२ जेठ १६ गते शुक्रवार
Ads

‘गणतन्त्रको संरक्षण र सम्वर्द्धन गर्न सबैको साथ र सहयोग आवश्यक’

महमद सदाब
२०८२ जेठ १५ गते २१:३४
‘गणतन्त्रको संरक्षण र सम्वर्द्धन गर्न सबैको साथ र सहयोग आवश्यक’

विरगन्ज : १८औं गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज महानगरपालिकाको आयोजनामा दीप प्रज्वलन गरिएको छ ।  कार्यक्रममा उप–प्रमुख इम्तियाज आलमको विशेष सहभागिता जनाएका थिए । 

शुभकामना, राष्ट्रिय एकता र गणतन्त्रको सम्मानमा आयोजित उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवाहरू तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै उप–प्रमुख आलमले गणतन्त्रले दिएको नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताहरूको संरक्षण तथा सम्वद्र्धन गर्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए । 

दीप प्रज्वलन कार्यक्रमले राष्ट्रिय गौरव, समावेशिता, सहिष्णुता र लोकतन्त्रप्रतिको सम्मान झल्काएको सहभागीहरूको भनाइ थियो ।

ADV

सम्बन्धित खबर