काठमाडौं : मलेसियाले नेपालसहित दक्षिण एशियाली चार मुलुकका नागरिकको यात्रामा प्रतिबन्ध लगाएको छ । मलेसियाले नेपालसहित भारत, पाकिस्तान र बंगलादेशका नागरिकका लागि यात्रा प्रतिबन्धको घोषणा गरेको हो ।
भारतमा फैलिएको कोभिडको नयाँ भेरियन्टबाट आफ्ना नागरिक बचाउन भन्दै उक्त निर्णय गरिएको मलेसियाका वरिष्ठ मन्त्री स्माईल सावरी याकुबले बताए । तर प्रतिबन्धको मिति र समय स्षट गरिएको छैन ।
हाल नेपालबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मलेसियाको मालिन्दो एयरलाइन्सले उडान भरिरहेका छन् । मलेसियाले प्रतिबन्ध अस्थायी निर्णय भएको बताएको छ । भियना कन्भेन्सन अन्तर्गत कुटनैतिक व्यक्तिहरूलाई भने प्रतिबन्ध नलाग्ने मलेसियाको दि स्टार अनलाइनले जनाएको छ ।
यस्तै मलेसियाले भारतसँगका सबै उडान अप्रिल २८ बाट रोकेको छ । मलेसियाले भारतबाट जाने आफ्ना नागरिकलाई १४ दिनको क्वारेन्टिन अनिवार्य गरेको छ । दुई दिनअघि मलेसियाको छिमेकी सिंगापुरले पनि नेपालीलाई दिँदै आएको अन एराईभल भिसा रोकेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies