२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

श्रीसिया सुक्खा बन्दरगाहद्वारा ४६ अर्ब १७ करोड राजस्व संकलन

Nada
महमद सदाब
२०८१ असार २६ गते २२:१७
Shares
श्रीसिया सुक्खा बन्दरगाहद्वारा ४६ अर्ब १७ करोड राजस्व संकलन

वीरगञ्ज : वीरगञ्जस्थित श्रीसिया सुक्खा बन्दरगाह कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को असार २४ गतेसम्म ४६ अर्ब १७ करोड १९ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

ncell

यस अवधिमा कार्यालयले ६५ अर्ब ९४ करोड १ लाख २२ हजार रुपैयाँको लक्ष्य पाएकोमा ७०.०२ प्रतिशत अर्थात् ४६ अर्ब १७ करोड १९ लाख ३३ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको हो । 

चालू आर्थिक वर्षको तुलनामा गत आ.व. २०७९/८० मा सोही अवधिसम्म भन्सार कार्यालयले कुल लक्ष्यको ६२.८८ प्रतिशत मात्र राजस्व संकलन गरेको थियो । गत वर्षमा कार्यालयले ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजारको लक्ष्य पाएकोमा ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार रुपैयाँ मात्र राजस्व संकलन गर्न सफल भएको थियो ।

चालू आवमा भन्सार विभागले ६५ अर्ब ९४ करोड १ लाख २२ हजार रुपैयाँ राजस्व लक्ष्य निर्धारण गरेको थियो । यस वर्षको लक्ष्यलाई पूरा गर्नमा समस्या भएको भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकारी सुशील शर्माले बताए । 

कार्यालयले चालू आवको साउनमा चार अर्ब २४ करोड ६३ लाख ३५ हजार रुपैयाँको लक्ष्य पाएकोमा ९६.०१ प्रतिशत अर्थात् चार अर्ब सात करोड ६९ लाख ९५ हजार रुपैयाँ संकलन गरेको थियो । जेठमा ६ अर्ब ४ करोड ९९ लाख ८७ हजारको लक्ष्यमा ६०.७४ प्रतिशत अर्थात् तीन अर्ब ६७ करोड ४७ लाख ३२ हजार, असारमा पाँच अर्ब ६१ करोड ८० लाखको लक्ष्यमा असार २४ गतेसम्म ४३.७७ प्रतिशत अर्थात् दुई अर्ब ४५ करोड ८८ लाख ६३ हजार राजश्व संकलन भएको छ । चालू आवमा सबैभन्दा कम राजस्व संकलन असार, जेठ, फागुनमा भएको छ भने साउन, भदौ, असोज, मङ्सिर, चैत, माघमा बढी राजस्व संकलन भएको देखिएको छ ।

कार्यालयका सूचना अधिकारी शर्माका अनुसार गत आव भन्दा चालू आवमा मालवस्तुको आयात परिमाण घटेपनि राजस्व वृद्धि भएको छ । उनले चालू आवमा झण्डै १० प्रतिशतभन्दा बढी अर्थात् चार अर्बभन्दा बढी राजस्व संकलनमा वृद्धि भएको जानकारी दिए । 

सम्बन्धित खबर