२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

चीन निर्यात भएन भैँसीको मासु

दिवाकर अधिकारी
२०८२ जेठ ३१ गते ०६:२५
चीन निर्यात भएन भैँसीको मासु

काठमाडौं : गत वर्ष मंसिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणका क्रममा नेपालबाट भैँसीको मासु निर्यात गर्ने सहमति भएको थियो । तर उक्त सहमति कार्यान्वयनमा आउन सकेको छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालबाट भैँसीको मासु चीन निर्यात गर्ने योजनामै छ, सरकार । तर खोरेत रोगले समस्या पार्‍यो । 

मन्त्रालयका अधिकारीहरू खोरेत उन्मूलन गरेको एक वर्षभित्र नेपालबाट भैँसीको मासु चीन निर्यात हुने बताउँछन् । 

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र चीनबीच मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएपछि चीनले आवश्यकता तयारी अगाडि बढाइसकेको छ । चिनियाँ लगानीकर्ता नेपाल आएर सर्भेमा लागेका छन् । भैंसीको मासु प्रशोधनसम्बन्धी पूर्वाधार निमार्ण गर्ने कतिपय ठाउँ समेत तय गरिसकेका छन् । 

चिनियाँ लगानीकर्तालाई नेपालमा सर्भेका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले सहयोग गरिरहेको छ । 

पशु सेवा विभागका अनुसार चिनियाँ लगानीकर्ताले काभ्रे, मकवानपुर र सिन्धुलीमा शीतघर तथा बधशाला निर्माणको काम थालेका छन् । तर मासु निर्यात हुन भने समय लाग्ने भएको छ । नेपालबाट भैँसीको मासु चीन निर्यात सुरु गर्न कति समय लाग्छ भन्ने यकिन छैन । तथापि, मन्त्रालयका अधिकारीहरू खोरेत रोग उन्मूलन नभएसम्म भैँसीको मासु चीन निर्यातको सम्भावना छैन । 

सरकारले भने खोरेतमुक्त गराउने पर्यास गरिरहेको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार इलामका १० वटा स्थानीय तह खोरेत रोगमुक्त घोषणा भएका छन् । यसको अलावा मकवानपुर र सिन्धुलीका ४ वटा पालिका वटा स्थानीय तह खोरेत रोगमुक्त घोषणा भएका छन् ।

कृषि विकास मन्त्रालयका अनुसार समग्र देशलाई  खोरेतमुक्त गराउने अभियानमा सरकार छ । खोरेत रोग पशुमा लाग्ने संक्रामक रोग हो । यो हावाबाट सर्ने यो रोग हो । 

मन्त्रालयका अधिकारीहरू नेपालमा मात्रै यो समस्या छैन । विश्वभर नै मासु व्यापारमा अवरोधका रूपमा यो रोगलाई लिने गरिन्छ । 

नेपालबाट खोरेत रोग उन्मुलन गराउन चीनले समेत सहयोग गर्ने कृषि मन्त्रालयले जनाएको छ । नेपालमा भैंसी पालनको राम्रो सम्भावना भएकाले चीनले चिनियाँ लगानी नेपालमा गर्न लागेको हो । चिनियाँ लगानीमै नेपालमा भैँसी पालन हुने र त्यसको मासु चीन निर्यात हुने अवस्था बनेकाले नेपालले निर्यात गर्ने गरी सहमति गरेको हो । 

नेपाललाई पनि चिनियाँ बजार ठूलो अवसर छ । यसकारण चिनियाँ लगानी भित्र्याएर चीनमै भैंसीको मासु निर्यात गरेर नेपालले लाभ लिन खोजेको हो । 

कृषि मन्त्रालयका अनुसार नेपालबाट पछिल्ला वर्षहरूमा पशुपालनतर्फ मासु र दुग्धजन्य वस्तुको निर्यात पाँच अर्ब वरिपरी छ । चीनमा भैंसीको मासु निर्यात हुन थालेपछि पशुपालनतर्फ मासु निर्यातको रकम बढ्नेछ । 

ADV

सम्बन्धित खबर