बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका वडा नं ४ जोधिपुरमा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरूप स्टेस्नरीसहितको झोला वितरण गरिएको छ ।
गाउँपालिकाको समन्वय तथा प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (वि ग्रुप) को साझेदारीमा सञ्चालित बालविवाह न्यूनीकरण परियोजना अन्तर्गत स्टेशनरीसहितको झोला वितरण गरिएको हो ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले विद्यालयका गरिब, विपन्न परिवारका जेहेन्दार १ सय १० जना छात्रछात्रालाई १ लाख ६० हजार ५० रुपैयाँ बराबरको झोलासहितको स्टेस्नरी सामग्री वितरण गरेका थिए ।
परियोजना अन्तर्गत गेरुवा गाउँपालिकाका विभिन्न विद्यालयमा गरी ४ सय ७५ जना छात्रछात्रालाई ६ लाख ९१ हजार एक सय २५ रुपैयाँ बरावरको झोलासहितको सामग्री वितरण गरिएको परियोजनाकी फिल्ड सुपरभाइजर मिना शर्माले बताइन् ।