२०८२ असार १० गते मङ्गलवार / Jun 24 , 2025 , Tuesday
२०८२ असार १० गते मङ्गलवार
Ads

गौर नगरपालिकाको ६१ करोडको बजेट पारित

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ असार ९ गते २१:१५
गौर नगरपालिकाको ६१ करोडको बजेट पारित

रौतहट : रौतहट सदरमुकाम गौर नगरपालिकाको १६औं नगरसभा सम्पन्न भएको छ ।  नगर प्रमुख  शम्भु साहको प्रमुख आतिथ्यतामा सोमबार नगरसभा सम्पन्न भएको हो । 

सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाँको बजेट प्रस्तुत गरिनुका साथै नगरसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ । 

नगरपालिकाले आगामी वर्षमा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि तथा महिला तथा बाल विकास जस्ता क्षेत्रहरूमा विशेष प्राथमिकता दिँदै योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ । 

नगरपालिकाले युवा, खेलकुद, आधारभूत स्वास्थ्य सेवा, पशुपन्छी, पर्यटन, वातावरण, विपद् व्यवस्थापन, पूर्वाधार, शहरी विकास, खानेपानी, सरसफाइ, महिला तथा जेष्ठ नागरिक, सहकारी, कानुन, सार्वजनिक सेवा, सुशासन र वित्तीय व्यवस्थापनमा आधारित नीति तथा कार्यक्रम अघि सारेको छ ।

प्रस्तुत बजेट संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, सशर्त अनुदान, विशेष तथा पूरक अनुदानमार्फत तयार पारिएको हो । संघीय सरकार र प्रदेश सरकारको स्रोत परिचालन गर्दै स्थानीय आवश्यकताअनुसार योजनाहरू बनाइने बताइएको छ ।

नगरप्रमुख साहले नगरको समग्र विकासका लागि सहभागितामूलक बजेट ल्याइएको बताउँदै सबै तहका सरोकारवालालाई सहकार्यका लागि आह्वान गरे । नगरसभामा प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, उपप्रमुख शैलदेवी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी, पत्रकार र सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise