२०८२ असार १६ गते सोमवार / Jun 30 , 2025 , Monday
२०८२ असार १६ गते सोमवार
Ads

किसानलाई समयमा मलखाद दिनुपर्छ : सभापति यादव

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ असार १५ गते १७:०४
किसानलाई समयमा मलखाद दिनुपर्छ : सभापति यादव

रौतहट : नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ रौतहट जिल्ला कार्यसमितिले गौर नगरपालिका–४, सोबरनमाईमा धान रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ । आइतबार बिहान सम्पन्न उक्त कार्यक्रम नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा भएको थियो ।

‘आफ्नो देशको उत्पादन, हाम्रो शान ! कृषिमा उन्नति, हाम्रो अभियान’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि यादवले कृषकहरूको हकहितका लागि नेपाली कांग्रेस सधैं अग्रसर रहेको बताए । उनले किसानका समस्या दीर्घकालीन सोचका साथ समाधान गर्नुपर्नेमा जोड दिए ।

सभापति यादवले भने, “किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्छ। जलवायुमैत्री प्रविधि, आधुनिक कृषि प्रणाली, अनुसन्धान र प्रवर्द्धनमार्फत धान, मकै जस्ता अन्नबालीको उत्पादन वृद्धि गर्न प्रदेश सरकारले ठोस कदम चाल्नुपर्छ ।”

No description available.

उनले मधेश प्रदेश सरकारलाई किसानमुखी नीति कार्यक्रम कार्यान्वयन गर्न र शतप्रतिशत बजेट सुनिश्चित गर्न आग्रह गर्दै आफूहरू त्यसका लागि सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

सभापति यादवले प्रदेश सरकारमा आफ्नै पार्टीका कृषिमन्त्री रहेका कारण किसानको जीवनस्तर उकास्ने नीति कार्यान्वयनमा कांग्रेसको विशेष भूमिका रहेको पनि बताए । उनले उन्नत बीउ, मलखाद, सिँचाइ सुविधालगायतमा किसानको सहज पहुँच कायम गर्न नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरे ।

धान दिवसको अवसरमा उनले सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना दिँदै कृषि क्षेत्रलाई समृद्ध बनाउन सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा किसानको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा कांग्रेस प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले कार्यक्रमलाई सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

ADV

सम्बन्धित खबर

Advertise