२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

भगवानपुर स्वास्थ्य केन्द्रमा सेवाग्राहीले पाएनन् ‘इमरजेन्सी’ सेवा

ADV
मनु यादव निरज
२०८१ असार २८ गते २१:०५
भगवानपुर स्वास्थ्य केन्द्रमा सेवाग्राहीले पाएनन् ‘इमरजेन्सी’ सेवा

सिरहा : सिरहाको भगवानपुर गाउँपालिकको प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था नाजुक देखिएको छ ।

गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले निवार्चित हुने बित्तिकै तामझामका साथ २०७९ साउन १ मा प्रथामिक स्वास्थ्य केन्द्रमै ‘इमरजेन्सी’ सेवा शुभारम्भ गरेका थिए ।

उनले इमरजेन्सी सेवा सञ्चालनमा ल्याएपछि जनताले अब स्वास्थ्य सेवामा सुधार हुने आशा गरेका थिए । तर प्राथमिक स्वास्थ्य केन्द्र र इमरजेन्सी सेवा कागजमै सिमित बनेपछि जनता निराश बनेका छन् ।

गाउँपालिकामा अध्यक्ष यादव निर्वाचित भएपछि हरेक क्षेत्रमा सुधार हुन्छ भन्ने सोचेका थिए, तर झन् अवस्था बिग्रिएको रातीको समयमा उपचारको लागि गएका  स्थानीय  एक युवकले गुनासो गरे । उनले भने, ‘उपचार गराउन यहाँका जनता अझै टाढाको अस्पताल जानुपर्छ । जसका कारण जनता आर्थिक मारमा परिरहेका छन् ।’

बिहीबार राति दुई जान बिरामी राति १:४० को समयमा प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुर  इमरजेन्सीमा जाँदा ताला लागेको थियो । भित्र रहेको डाक्टर र कार्यालय सहयोगिले उल्टो हप्काउँदै उपचार हुँदैन जाऊ भन्दै फर्काएको उनीहरुले गुनासो गरेका छन् । 

प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुरका निमित्त प्रमुख राजेश यादवलाई उपचार नपाएको बारेमा जानकारी गराएका छन् । तर पनि प्रमुखले कुनै चासो देखाएका छैनन् । 

पीडितले प्राथमिक स्वास्थ्य केन्द्रको लापरबाही बारेमा जानकारी दिन गाउँपालिकाका अध्यक्ष यादवलाई फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको बताएका छन् । 

चुनावका बेला आफू युवा भएको र गाउँको विकास निर्माणलाई पहिलो प्राथमिकता दिने भन्दै जनताको घरदैलोमा भोट माग्दै हिँडेका अध्यक्ष यादव अहिले भने तीनै जनतासँग टाढिदै गएको भन्दै उनीहरुले गुनासो गरे । 

ADVADV

सम्बन्धित खबर

Advertise