२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

टीभीएस जुपिटर ११० सार्वजनिक

shivam cement
मध्यान्ह
२०८२ असार २३ गते २१:२५
टीभीएस जुपिटर ११० सार्वजनिक

काठमाडौं : जगदम्बा मोटर्सले टीभीएस जुपिटर ११० सार्वजनिक गरेको छ । ‘स्टाइल, माइलेज, प्रदर्शन, सुविधा र सुरक्षामा अझ बढी’ भन्ने नाराका साथ ल्याइएको नयाँ जुपिटर ११० ले यात्रालाई अझ सहज, सुरक्षित र रमाइलो बनाउने कम्पनीले जनाएइको छ । 

नयाँ जुपिटर ११० मा १५ वटा फस्र्ट–इन–क्लास र १४ वटा बेस्ट–इन–क्लास विशेषताहरू छन्, जसले ग्राहकको रोजाइ र आवश्यकतालाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्ने बताइएको छ । नयाँ जुपिटर ११० मा इनफिनिटी लाइट बार, पियानो ब्ल्याक प्यानल, र चिल्लो आधुनिक डिजाइन रहेको छ । यसले यात्रालाई स्टाइलिश बनाउनुका साथै सुरक्षामा समेत ध्यान दिएको कम्पनीको भनाइ छ । जुपिटर ११० को सुरुवाती मूल्य २ लाख ५७ हजार ९ सय रहेको छ ।

‘टीभीएस मोटरसँगको हाम्रो साझेदारी अझ बलियो हुँदै गएको छ, नयाँ जुपिटर ११० मा समावेश प्रविधिहरूले यात्रा सुरक्षित, टिकाउ र अझ सुविधाजनक बनाउने छन्,  हामी विश्वस्त छौँ कि यसले नयाँ मापदण्ड स्थापन गर्दै नेपाली ग्राहकबाट अत्यधिक रुचाइनेछ’, जगदम्बा मोटर्सका साहिल अग्रवालले भने ।

ADV

सम्बन्धित खबर

Advertise