२०८२ असार २५ गते बुधवार / Jul 09 , 2025 , Wednesday
२०८२ असार २५ गते बुधवार
Ads

कुल जनसंख्याको ५२.६१ प्रतिशत जनसंख्या जीवन बीमाको पहुँच बाहिर

shivam cement
मध्यान्ह
२०८२ असार २४ गते १७:४३
कुल जनसंख्याको ५२.६१ प्रतिशत जनसंख्या जीवन बीमाको पहुँच बाहिर

काठमाडौंः नेपालको कुल जनसंख्याको ५२.६१ प्रतिशत जनसंख्या जीवन बीमाको पहुँच बाहिर रहेका छन् ।मंगलबार काठमाडौंमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम जारी गर्दै नेपाल बीमा प्राधिकरणले यसबारेमा जानकारी गराएको हो । 

पत्रकार सम्मेलनका क्रममा बोल्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले २०८२ साल वैशाख मसान्तसम्म नेपालको कुल जनसंख्याको ४७.३९ प्रतिशतमा जीवन बीमाको पहुँच पुगेको बताए । तुलनात्मक रुपमा ग्रामिण तथा न्युन आय भएका वर्गहरु हालसम्म पनि बीमा सेवाबाट वञ्चित रहेको बताए । बीमा विस्तारका लागि प्राधिकरणमा हाल १ सय ५८ जना र बीमा कम्पनीहरुमा २०८२ वैशाख मसान्तसम्म कार्यरत १२ हजार १ सय ६२ जना कर्मचारीको कार्यक्षमता अभिवृद्धि गरिएको जानकारी दिए । ग्राहक केन्द्रित सेवा र वितरण प्रणाली विकास गर्न तथा बीमा साक्षरतामा जोड दिन आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘२०८२ साल वैशाख मसान्तसम्म नेपालको कुल जनसंख्याको ४७.३९ प्रतिशतमा जीवन बीमाको पहुँच पुगेको छ भने ५२.६१ प्रतिशत जनसंख्या जीवन बीमाको पहुँच बाहिर छ । तुलनात्मक रुपमा ग्रामिण तथा न्युन आय भएका वर्गहरु हालसम्म पनि बीमा सेवाबाट वञ्चित छन् । बीमा विस्तारका लागि प्राधिकरणमा हाल १ सय ५८ जना र बीमा कम्पनीहरुमा २०८२ वैशाख मसान्तसम्म कार्यरत १२ हजार १ सय ६२ जना कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्दै अनुसन्धानमुलक तथा आवश्यकतामा आधारित नविनतम बीमालेखहरु निर्माण गर्न ग्राहक केन्द्रित सेवा र वितरण प्रणाली विकास गर्न तथा बीमा साक्षरतामा जोड दिन आवश्यक देखिन्छ । प्रविधिमैत्री बीमा सेवा प्रदान गर्न अपरिहार्य भएको छ ।’

प्रविधिमैत्री बीमा सेवा प्रदान गर्न अपरिहार्य भएको अध्यक्ष ओझाको भनाइ छ । प्राधिकरणले बीमा नीति हरेक वर्ष ल्याउने पनि जनाएको छ । बीमा प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने पनि बताएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise