२०८२ असार २५ गते बुधवार / Jul 09 , 2025 , Wednesday
२०८२ असार २५ गते बुधवार
Ads

बुधवारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

shivam cement
मध्यान्ह
२०८२ असार २५ गते ०७:०८
बुधवारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिदर १६० रुपैयाँ ५४ पैसा र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६१ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७१ रुपैयाँ ६६  पैसा र बिक्रीदर १७२ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ २५ पैसा र बिक्रीदर १०० रुपैयाँ ६९ पैसा, सिंगापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिदर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ  ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६१ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ९४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise