२०८२ असार २५ गते बुधवार / Jul 09 , 2025 , Wednesday
२०८२ असार २५ गते बुधवार
Ads

मौद्रिक नीति संयमित तवरले ल्याउनुपर्छ : वर्षमान पुन

shivam cement
मध्यान्ह
२०८२ असार २५ गते १३:०६
मौद्रिक नीति संयमित तवरले ल्याउनुपर्छ : वर्षमान पुन

काठमाडौं : पूर्वअर्थमन्त्री वर्षमान पुनले वित्त नीति संकुचित भएकाले मौद्रिक नीति संयमित तवरले ल्याउनुपर्ने बताएका छन् । बुधबार अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय वित्त नीतिमा आएको संकुचनका कारण आवधिक योजनामा राखिएको लक्ष्य भन्दा पनि बजेट कम हुँदै आएको छ । उनकाअनुसार नयाँ गभर्नर आएपछि निजी क्षेत्रले डिपार्चर होस् भन्ने चाहेका छन् । डिपार्चर हुनपर्ने तर संयमता गुमाउन नहुने उनले बताए ।

पुनले भने, ‘नयाँ गभर्नरबाट निजी क्षेत्रले आशा धेरै गरेको छ । मौद्रिक नीति ल्याउँदै हुनुहुनछ संयमित खालको ल्याउनुहोला । बढी लचिलो नहोस् । विगतमा लचिलो ल्याइएका कारण अहिलेसम्म असर परिरहेको छ ।  मौद्रिक नीतिले  नियमनको पक्षलाई जोड दिओस् । सरकारले स्टार्टअपलाई जोड दिँदै आएको छ मौद्रिक नीतिले त्यता फोकस गरोस् ।’

उनका अनुसार मौद्रिक नीतिले सरकारका नीतिहरुलाई सपोर्ट गर्नुपर्छ ।  मुद्रास्फीति कम भएपनि मजदुर तथा गृहणीले महसुस गर्न नपाएको अवस्था भएकाले अहिले त्यतातर्फ राष्ट्र बैंकले ध्यान दिनुपर्ने उनले बताए ।

मौद्रिक नीति खुकुलो, सन्तुलित, समग्र अर्थतन्त्रलाई चलायमन गर्ने खालको आउनुपर्ने उनले बताए । उनका अनुसार संघीयतामा मुलुक गएपनि वित्तीय संस्था अझै सोही अनुकूलका हुन सकेनन् । त्यसतर्फ समेत आगामी मौद्रिक नीतिले ध्यान दिन सक्नुपर्ने उनले बताए । 

ADV

सम्बन्धित खबर

Advertise