२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

फिदिम बजारमा ‘क्लोथ बैंक’ स्थापना

ADV
लेखनाथ सिकारु
२०८१ असार २९ गते १८:५८
फिदिम बजारमा ‘क्लोथ बैंक’ स्थापना

पाँचथर : हुनेले दिने नहुनेले लिने भन्ने अभियानका साथ पाँचथरकाे सदरमुकाम फिदिम बजारमा ‘क्लोथ बैंक’ स्थापना भएको छ । फिदिम नगरपालिकाको सहयोग तथा हेल्प टुगेदर फाउण्डेशनको सहकार्यमा फिदिमको अस्पताल चोकमा ‘क्लोथ बैंक’ स्थापना गरिएको हो ।

फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्ले एक कार्यक्रमका बीच क्लोथ बैंकको उद्घाटन गरेर हेल्प टुगेदर फाउण्डेशनका अध्यक्ष सुशील श्रेष्ठलाई चाबी हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख  काफ्ले, उपप्रमुख राधा कृष्ण न्यैपाने, पाँचथर बहुमुखी क्याम्पसका अध्यक्ष शुभराज थापा, पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटालगायतले संकलन भएका कपडा बक्समा राखेर क्लोथ बैंकको शुभाराम्भ गरेका थिए ।

क्लोथ बैंकबाट अवश्यक पर्ने व्यक्तिले निःशुल्करुपमा कपडा लैजान सक्नेछन् । दिन चाहनेले जस्तोसुकै कपडा पनि क्लोथ बैंकलाई उपलब्ध गराउन सक्नेछन् । कपडा अभावले कोही पनि व्यक्ति समस्यामा नपरुन् भन्ने उद्देश्यले क्लाेथ बैंककाे शुरुवाता गरिएको फाउण्डेशनले जनाएको छ । क्लोथ बैंकमा आफूसँग बढी भएका नयाँ अथवा पुराना कपडा दिन सकिने छ ।

ADVADV

सम्बन्धित खबर

Advertise