काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सव विविध सामाजिक र संस्थागत कार्यक्रमसहित सम्पन्न भएको छ । बैंकले रक्तदान कार्यक्रम र बैंकको विभिन्न जिम्मेवारीमा रहेर २० वर्ष भन्दा बढी योगदान गरेकालाई सम्मान गर्दै वार्षिकोत्सव मनाएको हो ।
बैंकले केन्द्रीय कार्यालय डिल्लीबजार र पोखराको न्युरोड शाखामा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । दुवै स्थानमा सम्पन्न रक्तदान कार्यक्रममा १५६ जनाले रक्तदान गरेका थिए ।
त्यस्तै, वार्षिकोत्सव कार्यक्रमको अवसरमा २० वर्षभन्दा बढी समय विभिन्न तह र जिम्मेवारीमा रही सेवा दिएका कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिहरू बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र कार्यबाहक प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले संयुक्त रूपमा दीर्घ सेवा पदक तथा मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा कार्यबाहक प्रमुख कार्यकारी अधिकृत रेग्मीले शुभकामनासहित स्वागत मन्तव्य राखेका थिए भने सञ्चालक केशव खतिवडाले पनि शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष भट्टराईले बैंकप्रति विश्वास राख्ने ग्राहक, शेयरधनी तथा समर्पित कर्मचारीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा दिन प्रतिबद्ध रहेको बताएका थिए ।