काठमाडौं : नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको डिजिटल आवश्यकता तथा सन्तुष्टिलाई केन्द्रमा राख्दै ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ । कम्पनीले असार २६ गतेदेखि लागू हुनेगरी विभिन्न आकर्षक भ्वाइस, डाटा र एसएमएस प्याकेजहरू उपलब्ध गराउने भएको हो ।
टेलिकमले ‘ग्राहक सेवामा समर्पित’ भन्ने नारालाई आत्मसात गर्दै ग्राहकको प्रतिक्रिया र आवश्यकतालाई ध्यानमा राखी नयाँ अफर ल्याएको जनाएको छ । अफर अन्तर्गत शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूलाई लक्षित गरी बोनस प्याकेजसमेत उपलब्ध हुने जनाइएको छ । साथै, अफरमा ‘सजिलो अनलिमिटेड ६९९’ र ‘सजिलो अनलिमिटेड ७९९’ प्याकेजमा ३० प्रतिशतसम्म छुट दिने भएको छ ।