काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित दुई अवार्ड जित्दै नेपाली बीमा क्षेत्रको छवि उजागर गरेको छ । जुलाई ९, २०२५ मा सिंगापुरमा आयोजित विशेष समारोहमा कम्पनीलाई ‘डोमेस्टिक जनरल इन्स्योरेर अफ दि एअर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेशन अफ दि एअर’ २०२५ अवार्ड प्रदान गरिएको हो ।
कार्यक्रममा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र निर्देशक विजयकुमार पन्त स्वयं उपस्थित रही अवार्ड ग्रहण गरेका थिए । एसिया प्यासिफिक क्षेत्रमै अत्यन्त सम्मानित मानिने यी अवार्डहरू प्राप्त गर्दा नेपाली बीमा व्यवसायको सेवा, नवप्रवर्तनशीलता र रणनीतिक नेतृत्व क्षमताले अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले यसअघि पनि सन् २०२३ मा ‘इन्स्योरेन्स एशिया अवार्ड’ र सन् २०२४ मा ‘डोमेस्टिक जनरल इन्स्योरेर अफ दि एअर’ तथा ‘स्ट्राटेजिक पार्टनरसिप अफ दि एअर’ अवार्डहरू जित्दै आएको छ ।
नवीन रणनीति, उत्कृष्ट सेवा प्रवाह र ग्राहकमैत्री दृष्टिकोणका कारण कम्पनीले निरन्तर प्रशंसा बटुल्दै आएको छ। यस वर्ष प्राप्त अवार्डहरूले कम्पनीको व्यवसायिक प्रतिबद्धता र नवप्रवर्तनशीलतालाई अझ सशक्त बनाएको अध्यक्ष श्रेष्ठले बताए । निर्देशक पन्तले अन्तर्राष्ट्रिय स्तरमा नेपाली कम्पनीको सम्मानले आगामी दिनमा अझ जिम्मेवार र प्रभावकारी ढंगले सेवा प्रवाह गर्न प्रेरणा दिएको बताए ।