२०८२ असार २७ गते शुक्रवार / Jul 11 , 2025 , Friday
२०८२ असार २७ गते शुक्रवार
Ads

पुँजीबजार द्रुत गतिमा विकास भएपनि नियमन कमजोर छ : अध्यक्ष श्रेष्ठ

shivam cement
मध्यान्ह
२०८२ असार २६ गते १५:०८
पुँजीबजार द्रुत गतिमा विकास भएपनि नियमन कमजोर छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं : धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजी बजार द्रुत गतिमा विकास भएपनि नियमन कमजोर रहेको आफूले महसुस गरेको बताएका छन् । अर्थ समितिमा बिहीवार छलफलमा बोल्दै उनले पुँजीबजारको विस्तार अनुसार नियमन विगतमा नभएको र आफ्नो ६ महिनाको कार्यकालमा सुधार्ने कोसिस भएको बताएका हुन् ।

लेखा समितिको पत्र र पछिल्लो अर्थ समितिको निर्देशनले आईपीओ जारीमा थप अन्योलता सिर्जना भएको उनले बताए । श्रेष्ठले आगामी दिनमा कसरी अघि बढ्नेबारे समितिबाटै निर्देशन हुनुपर्ने बताए ।

श्रेष्ठकाअनुसार नयाँ स्टक एक्सचेन्जका विषयमा चिन्तामणि शिवाकोटीको प्रतिवेदन कार्यान्वयन गर्ने चरण गइसकेको छ । उक्त प्रतिवेदनले नयाँ स्टक दिन उपयुक्त हुने बताएको छ भने भइरहेको नेप्सेलाई पुनः संरचना गर्न भनिएको छ । पुरानोलाई कसरी लैजाने भन्नेबारे गृहकार्य भइरहेको उनले बताए ।

उनले भने, ‘पुँजीबजारको जति छिटो विकास भइरहेको छ तर धितोपत्र बोर्डले त्यो अनुरुप नियमन गर्न सकेको छैन । हामीले महसुस गरेकै छौं । सुदृढ गर्न लागिरहेको छु । कुनैपनि अर्थतन्त्रमा मनी मार्केट र क्यापिटल मार्केट हो । हाम्रो मार्केटमा मनी मार्केटमा दबदबा छ । विस्तारै घटाएर लैजानुपर्छ ।’

श्रेष्ठकाअनुसार नयाँ स्टक एक्सचेञ्ज दिन कुनै रोकटोक छैन । अहिले तीन वटा प्रस्ताव आइसकेको छ । आएका तीन वटा प्रस्तावमाथि मूल्यांकन गरेर प्रक्रिया अघि बढाइने उनले बताए ।

श्रेष्ठले धितोपत्रमा उत्पादनमुलक कम्पनी, राम्रा कम्पनीलाई बजारमा ल्याउन प्रिमियम जोडिने गरेको बताए । अप्ठ्याराहरुलाई हटाउँदै सन्तुलित हिसावले अघि बढ्नुपर्ने उनको भनाइ छ ।

पुँजीबजार औजारहरु प्रोमोट गर्दै डिबेन्चर, बोनहरुलाई अघि बढाउने श्रेष्ठले बताए । धितोपत्र ऐन र नीति तथा कार्यक्रममा पनि नयाँ औजारहरुलाई अघि बढाउनेबारे सम्बोधन गर्ने उनको भनाइ छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise