२०८२ असार २७ गते शुक्रवार / Jul 11 , 2025 , Friday
२०८२ असार २७ गते शुक्रवार
Ads

लेखा समितिको प्रतिवेदन पारित

shivam cement
मध्यान्ह
२०८२ असार २६ गते १७:२२
लेखा समितिको प्रतिवेदन पारित

काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३औं वार्षिक प्रतिवेदन पारित गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले २३औं वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । समितिले गरेका काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

उनकाअनुसार प्रतिवेदनमा बेरुजु फछ्र्यौटका कामहरु तथा समितिले समसामयिक विषयहरुमा गरेका निर्णयहरु प्रतिवेदनमा उल्लेख गरिएको छ । 

समितिको २३औं वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेश गर्ने समितिको तयारी छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise