काठमाडौंः नेपाल राष्ट्र बैंकले बैंक दर र नीति दर घटाएको छ ।
गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंक दर ६ प्रतिशत, निक्षेप संकलन दर २.७५ र नीतिगत दर ४.५ कायम गरेको घोषणा गरे ।
मौद्रिक नीति मार्फत केन्द्रीय बैंकले निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने व्यवस्था पनि गरेको छ । यस्तो कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड बनाउने घोषणा गभर्नर डा. पौडेलले गरेका हुन् । पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने र अन्यको हकमा बढीमा ७० प्रतिशत बनाइनेछ ।