२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

shivam cement
२०८२ असार २८ गते १५:०३
Shares
म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्माः म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा परी कम्तीमा २२ सर्वसाधारणको ज्यान गएको छ, जसमा तीन बालबालिका पनि रहेका छन् ।

सशस्त्र द्वन्द्वका कारण घरबार गुमाएका सर्वसाधारणले उक्त गुम्बालाई सुरक्षित आश्रयस्थल ठानी बसोबास गरिरहेका थिए । तर शुक्रबार बिहान १ बजे गुम्बाको मुख्य हलमा हवाई आक्रमण भएको थियो । प्रत्यक्षदर्शीका अनुसार, विस्फोट गुम्बामाथि खस्दा त्यहाँ रहेका धेरै नागरिकहरूको ज्यान गएको हो । गुम्बा शान्त र सुरक्षित हुने विश्वासमा बसेका मानिसहरू अचानक हवाई आक्रमणको शिकार बन्न पुगे ।

एक स्थानीय बासिन्दाका अनुसार, गुम्बा पूर्ण रूपमा ध्वस्त भएको छ र धेरै शवका शरीरका भाग छुट्टिएको अवस्थामा भेटिएका छन् । सन् २०२१ मा सैनिकले निर्वाचित सरकारलाई हटाएर सत्ताकब्जा गरेपछि म्यान्मा गृहयुद्धमा फसेको हो । सागाइङ विद्रोहीको बलियो प्रभाव क्षेत्र भएकाले सेना बारम्बार त्यहाँ आक्रमण गर्दै आएको छ ।

यो क्षेत्र केही महिनाअघि ७‍७ रेक्टर स्केलको भूकम्पबाट पनि प्रभावित भएको थियो, जसले करिब तीन हजार ८०० जनाको ज्यान लिएको थियो । युद्धविरामको घोषणा भए पनि सेनाले हवाई आक्रमण जारी राखेको छ । यसअघि, मे महिनामा भएको एक आक्रमणमा विद्यालयका २० विद्यार्थी र दुई शिक्षकको ज्यान गएको थियो ।

सरकारी प्रवक्ता जाव मिन टुनले घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यो घटनाले म्यान्मामा नागरिक अझै पनि हिंसा र असुरक्षाको चपेटामा रहेका छन् भन्ने कुरा फेरि पुष्टि गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर