सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : नवलपरासीमा करिब ७ लाख ३८ हजार ४ सय ८३ रुपयाँ मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर पश्चिम नवलपरासीको मातहतमा बि.ओ.पी तथा बेशहरुबाट बिभिन्न ईलाकामा खटिएका सशस्त्र प्रहरीको मोबाईल गस्ती टोलीले विशेष सुराकीको आधारमा भारतबाट अबैधरुपमा भन्सारी छली लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको विभिन्न किसिमका मोबाइल, इलेक्ट्रानिक सामान, हार्डवेयरका सामानहरु, मोटरसाईकल, कपडा तथा किराना सामानहरु बरामद गरिएको छ ।
उक्त सामानहरु आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी पश्चिमका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies