काठमाडौं : अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ ।
प्राथमिक निष्काशन हुन लागेको एक सिमेण्ट कम्पनीको शेयर आचारसंहिता र कानून विपरीत हात पारेको तथ्य सार्वजनिक भएपछि मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई स्पष्टीकरण सोधेको हो ।
ढुंगानालाई तीन दिनभित्र तथ्यपरक विवरण पेश गर्न निर्देशन दिइएको छ ।
उनले बुक बिल्डिङ विधि मार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको ११ हजार ९ सय ९२ कित्ता शेयर छोरी रेबिका ढुंगानाको नाममा राखेको तथ्य बाहिरिएको थियो ।
यसैगरी नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि स्वार्थ बाझिने गरी श्रीमतीको नाममा सो कम्पनीको शेयर राखेको तथ्य सार्वजनिक भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies