२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

चाबहिल क्षेत्रमा वृक्षारोपण

ADV
लेखनाथ सिकारु
२०८१ असार ३० गते १६:००
चाबहिल क्षेत्रमा वृक्षारोपण

काठमाडौं : काठमाडौं-७ चाबहिल गणेशस्थान क्षेत्रमा वृक्षारोपण गरिएको छ । आइतबार बिहान भएको वृक्षारोपण कार्यक्रममा चाबहिल गणेशस्थानदेखि भत्केको पुलसम्म करिब २ सय बिरुवा रोपिएको छ ।

मैनादेवी फाउण्डेसन र  विभिन्न संघ संस्थाहरुको सक्रियतामा वृक्षारोपण गरिएको हो । कार्यक्रममा फाउण्डेसनका अध्यक्ष केपी खनालले पर्यावरण दिवसको सन्दर्भ पारेर फाउण्डेसनले यस वर्षमात्रै १३ हजार बिरुवा रोपेको जानकारी दिए । उनले फाउण्डेसनको सक्रियतामा गत साल १५ हजार बिरुवा काठमाडौंमा र देशभर ३५ हजार बिरुवा रोपिएको र यस वर्ष एक लाख बढी बिरुवा रोप्ने लक्ष्य रहेको बताए । 

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ७ का वडा सदस्य उज्वल अर्याल, सुरेश शाही र हरीगोपाल कक्षपतीले काठमाडौं शहरमा अक्सिजनको अभावलाई केही मात्रै भए पनि पूर्ति गर्ने प्रयास स्वरुप युवाहरूले चालेका यस्ता अभियानमा सबैको साथ र सहयोग हुनुपर्ने धारणा राखे ।

रोपिएका बिरुवाहरूको संरक्षण गर्नु आम नागरिकको समेत दायित्व र कर्तव्य हुने भन्दै वडा अध्यक्ष तथा मिरमिरे टोलका सभापति हरीगोपाल कक्षपतीले नेपाल दूरसञ्चार प्राधिकरण, मैनादेवी फाउण्डेसन, एभरेस्ट कलेज र उपस्थित सम्पूर्णलाई धन्यवाद दिए । कार्यक्रममा वडा सदस्य कल्पना सुन्दास, क्रिकेटर ललित राजवंशी र अर्जुन साउद, आह्वान समूहका सचिव रवि ढुंगेललगायतको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise