काठमाडौं : वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने कामदारहरु कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएको ‘क्यूआर कोड’ सहितको प्रमाण पत्र नदिएको भन्दै सडक प्रदर्शनमा उत्रिएका छन् । वैदेशिक रोगजारीमा जान श्रम स्वीकृति लिएका कामदारले आइतबार काठमाडौंको भद्रकालीमा तत्काल खोप कार्डको व्यवस्था गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा कुवेत जान श्रम स्वीकृति लिएका युवाहरुहरु धेरै थिए । खोप लगाएर रोजगारीका लागि कुवेत जानुपर्नै बाध्यता रहेको भन्दै नवलपरासीबाट काठमाडौं आएका सविन धमलाले कम्पनीले दिएको बिदा सकिन लागेको तर खोप लगाएको ‘क्यूआर कोड’ भएको प्रमाण पत्र नपाएको कारण सडकमा आउनु परेको बताए ।
आइतबारको प्रदर्शनमा कुवेत फर्कने बाध्यतामा रहेका मात्रै ५ सय बढी युवाहरु रहेको भन्दै उनले उनीहरु खोप कार्ड नपाएका कारण एक हप्ता लामो समयदेखि काठमाडौंमा बस्नु परेको बताए । आफुहरु खोप कार्ड लिन दैनिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टेकु अस्पताल जानु परेको उनको भनाइ थियो ।
यसैबीच स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै केही अस्पतालहरूले खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क लिने गरेको जनगुनासो आएको भन्दै शुल्क नलिन निर्देशन दिएको छ ।
उपत्यकाका टेकु, पाटन, सिभिल र एपिएफ गरी चार अस्पतालले खोप लगाएको प्रमाण पत्र वितरण गरिरहेका छन् । खोप लगाएपछि विदेशमा जाँदा कतिपय देशमा क्वारेन्टिन बस्नु नपर्ने भएपछि कामदारहरूले खोप लगाएको प्रमाणपत्र लिनुपर्ने बाध्यता छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies