काठमाडौं : वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका नेपाली कामदारहरुको मृत्युदर बढेको छ । सरदर दुई दिनमा तीन जना कामदारको मृत्यु हुने तथ्यांक रहेको मलेसियामा एकै महिनामा ६७ जना नेपाली कामदारको मृत्यु भएको छ ।
पछिल्लो तथ्यांकले दुई दिनमा करिब ५ जनाको मृत्यु भएको देखाएको छ । पछिल्लो एक महिनामा मलेसियामा कोरोना भाइरस संक्रमणका कारण ३८ जना र अन्य विभिन्न कारणले २९ जना गरी ६७ जना कामदारको मृत्यु भएको हो ।
मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीले मलेसियामा कोरोना भाइरसको संक्रमण शुरु भएदेखि अहिलेसम्म जम्मा ६५ जना नेपाली कामदारको मृत्यु भएको र करिब ६ हजारको हाराहारीमा नेपाली संक्रमित भएको अनुमान गरिएको बताए ।
एक ठाउँमा धेरै कामदारहरुले काम गर्ने ठुला उत्पादन कम्पनीमा कार्यरतहरु बढी संक्रमित रहेको देखिएको छ भने मृत्यु हुनेहरुमा सुरक्षागार्ड धेरै रहेको बताइएको छ । हाल मलेसियामा एक लाख ६० हजारको हाराहारीमा नेपाली कार्यरत रहेका छन् । मलेसियामा सोमबारसम्म ११ लाख ४६ हजार १ सय ८६ संक्रमित र ९ हजार भन्दा बढीको मृत्यु भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies