२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने

Nada
२०८३ कार्तिक ९ गते १२:३१
Shares
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।

ncell

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापतिबाहेकका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहणका लागि बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा कार्यक्रम तय गरेको हो ।

निर्वाचन समितिले सोमबार सूचना जारी गर्दै महाधिवेशनबाट निर्वाचित सबै सम्बन्धित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई निर्धारित समयमा शपथ ग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेको छ ।

सम्बन्धित खबर